सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।
हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जानकारी दिएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।