०९ कार्तिक २०७७
(Sunday 25 October, 2020)

पाल्पा, निजि लगानीमा सञ्चालन भएका बोर्डिङ्ग स्कुलहरुको समुह प्याव्सन पाल्पाले आज पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्तीमा प्याव्सन पाल्पाले कोभिड १९ को महामारीको समयमा जिल्लाका ७ वटा स्थानीयलाई २ लाखको बराबरको रकम सहयोग गरियो भने तानसेन र रामपूर नगरपालिको सहयोगमा हाम्रा विद्यालयमा कार्यरत २२५ जना शिक्षक कर्मचारीहरुलाई ६ लाख ४० हजार बराबरको खाद्य सामाग्री वितरण गरेको जिल्ला अध्यक्ष भरतप्रसाद न्यौपानेले बताएका छन् । बोर्डिङ्ग स्कुलहरु सञ्चालन नभएका र विद्यार्थीहरुसंग पनि शैक्षिक शुल्क नलिने निणर्य नेपाल सरकाले असार ८ गते जारी गरेको प्रेस विज्ञप्ती हाम्रो भावना विपरित भएको भन्दै अध्यक्ष न्यौपानेद्वारा हस्ताक्षरित ७ बुदे ध्यानाकर्षण जारी गरेको छ ।

जसमा शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरणको निर्माण गर्ने, पालैपालो रुपमा पठनपाठने व्यवस्था गर्ने, विद्यालयमा राखिएका क्वारेन्टाईनहरु अन्य स्थानमा सारी प्रयोग भएका सामानहरुको निर्मलीकरणको व्यवस्था गर्ने, केहि सार्वजनिक विदाहरु कटौती गरी प्याव्सन तथा पेशागत सस्थाहरुको समन्वयमा शैक्षिक क्यालेन्डर जारी गर्ने, १ शैक्षिक सत्रमा १ महिनाको शैक्षिक शुल्क बाहेर अन्य शुल्क लिन पाउने व्यवस्था गर्ने, विगतको वर्षमा नउठेको र यस वर्ष पनि शुल्क उठाउन नसकेकोले शिक्षक कर्मचारीलाई तलव भत्ता लगायत अन्य खर्चको व्यवस्था स्थानीय तहले गर्नुपर्ने, घर जग्गा कर, सवारी कर, व्यावसायिक कर लगायतका महशुलहरु छुटको व्यवस्था गर्नुपर्ने बताएको छ ।

साथै प्याव्सन पाल्पाका संस्थापक अध्यक्ष भेषराज सुवेदी, केन्द्रिय सहकोषाध्यक्ष मिन प्रसाद बन्जाडे, ५ नं. प्रदेशको सल्लाहकार खेम सारुले चैतको भत्ता डम्पिङ्ग भएर तलव भत्ता दिन नसकेको कुरा बताएका छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *