पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द – Mero Samachar

पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द class=

९ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

 

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दुस्ख व्यक्त गरेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।