मंसिर ४ गतेको निर्वाचनका लागि पाल्पामा १ हजार २१५ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । पाल्पाको ११८ मतदानस्थल र २४६ मतदान केन्द्रमा सुरक्षाका यी म्यादी प्रहरी खटिने छन् ।
म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए । पाल्पामा तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम संचालन भइरहेको छ ।
cfufdL d+l;/ !) ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:o lgjf{rgdf kl/rfng ug{ tof/L cj:yfdf /flvPsf uf]/vfsf DofbL k|x/L . uf]/vfdf !*%* hgf DofbL k|x/L kl/rfng x’Fb}5g . t:jL/ M k|zGg kf]v/]n, uf]/vf, /f;;
पाल्पाबाट दुई हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो । निर्वाचनको सुरक्षामा खटिन पाल्पामा ३२३ महिला आठ सय ८९२ जना पुरुष गरी जम्मा एक हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।