पाल्पामा लडेर एक पुरुषको मृत्यु – Mero Samachar

पाल्पामा लडेर एक पुरुषको मृत्यु

पाल्पामा लडेर एक पुरुषको मृत्यु class=

पाल्पामा एक जनाको लडेर ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजालीको गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो ।

सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब तीन सय मिटर तल खसेर घाइते भएका थिए ।

उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि रामपुर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।