पाल्पामा अरिङ्गालले चिलेर १ जनाको मृत्यु – Mero Samachar

पाल्पामा अरिङ्गालले चिलेर १ जनाको मृत्यु

पाल्पामा अरिङ्गालले चिलेर १ जनाको मृत्यु class=

पाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालले चिलेर राईको मृत्यु भएको स्थानीय चित्रबहादुर रानाले बताए । बिहीबार राति अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिलेपछि राईलाई उपचारको लागि स्थानीयले झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।