पाँच संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने तारा – Mero Samachar

पाँच संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने तारा

पाँच संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने तारा class=

१६ वर्षको हुँदा राष्ट्रिय खेलकुदमा प्रवेश गरेकी तारादेवी पुन ४० वर्षको उमेरसम्म सक्रिय खेल जीवनमा छिन्। म्याग्दीमा जन्मिएकी ताराले २०५४ सालमा १६ वर्ष उमेरमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा भाग लिएकी थिइन्।

Nepal’s Tara Devi Pun displays her silver medal in the 75 kg women weightlifting event during the South Asian Games in Gauhati, India, on Tuesday, February 9, 2016. Photo: AP

उनी सुरूमा भलिबल खेलाडी थिइन्। २०५४ को चौथो राष्ट्रिय खेलकुदमा उनी पश्चिमाञ्चलको टिममा थिइन्। पश्चिमाञ्चलको भलिबल टिमबाट स्वर्ण जितेकी ताराले धेरै समय भलिबल खेलिनन्।

२०५६ मा भलिबल छाडेर भारोत्तोलन खेल्न थालिन्।

भारोत्तोलनमा लागेपछि ताराको सफलताको ग्राफ माथि उक्लिरह्यो, कहिल्यै पछाडि फर्केर हेर्नु परेन। आफूले भाग लिएका राष्ट्रिय प्रतियोगितामा सधैं स्वर्ण जितिन्। उनी दुई दशकदेखि नेपालकै ‘बलियी’ (स्ट्रङ्गेस्ट) महिला खेलाडीका रुपमा चिनिन्छन्।

निरन्तर २५ वर्ष खेलकुद क्षेत्रमा सक्रिय तारा लगातार पाँच राष्ट्रिय खेलकुदमा भाग लिएर पाँचै वटा प्रतियोगितामा स्वर्ण पदक जित्ने नेपालकी एक्ली खेलाडी हुन्।

दुई दशक नेपाली भारोत्तोलनमा राज गरेकी ताराको बाल्यकाल भने दुःखैदुःखमा बितेको थियो। त्यहीँ दुःख उनको खेल जीवनमा वरदान साबित भयो।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।