पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन् – Mero Samachar

पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन् class=

काठमाडौं। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिए ।

नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए ।

मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको र उक्त मुद्दाको सुनुवाईपछि मात्रै काम हुने साहले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।