नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार – Mero Samachar

नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार

नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार class=

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६।७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०।६४ अंक थपिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०।६४ अंकले बढेर २९ सय ४७।३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।

 

लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज पनि १० प्रतिशतले कमाएका छन् भने यस एनएमबी डिभेन्चरका लगानीकर्ताहरूले अधिकतम् ३।९५ प्रतिशतले गुमाएका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।