नेप्सेमा बाढी, ६९ अंकले बढेको बजारमा साढे ९ अर्बको कारोबार


सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६।

७४ विन्दुमा उक्लिएको हो । ६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ ।

 

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११।८१ अंकले बढ्दै ५४२।६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ ।

 

यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९।९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३।८२ प्रतिशतले गुमाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *