नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो – Mero Samachar

नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो

नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो class=

२३ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ ।

आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा। केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा। रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।

 

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । अब भने नियुक्ति प्रक्रिया चाँडै टुंगोमा पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।