नेप्सेका सीईओद्धारा राजीनामा – Mero Samachar

नेप्सेका सीईओद्धारा राजीनामा

नेप्सेका सीईओद्धारा राजीनामा class=

कर्जा खबर ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मंगलबारै अर्थमन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलन आयोजना गर्दै राजीनाको औपचारिक जानकारी दिएका हुन् ।

उनले अर्थ मन्त्रालयको अनुसन्धानलाई सहयोग पुर्याउन भन्दै राजीनामा दिएको बताए ।

मंगलबार दिनभर तालुकदार निकाय अर्थ मन्त्रालयमा भएको छलफलपछि साउदले चार वर्षे कार्यकाल साढे एक महिना बाँकी छँदै राजीनामा दिएका हुन् ।

सर्वोत्तम सिमेन्टको शेयर एकाघरको परिवारभित्र खरीद गरी विवादमा तानिएपछि नेप्से प्रमुख साउदले राजीनामा दिएका हुन् ।

उनले बुक बिल्डिङ विधिबाट पहिलो पटक शेयर जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफ्नो श्रीमतिको नाममा खरीद गरेका थिए ।

विसं २०७४ असोज २३ गतेको मन्त्रिपरिषदको बैठकले निर्णयबाट अर्थबाट प्रस्तावित तीन जनामध्येबाट साउदलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्त गरेको थियो । त्यसअघिका सीइओ सिताराम थपलियाको २०७४ असार तेस्रो साता कार्यकाल सकिएपनि तीन महिनापछि साउन नेप्सेको सीइओ बनेका थिए ।

तत्कालीन ज्योति विकास बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली, र प्रोफेसर प्रमोदराज शर्मालाई पन्छाउँदै नेपाल इन्स्योरेन्सका पूर्व सीइओ साउद नेप्से प्रमुख नियुक्त भएका थिए ।

उनले संघीय संसद्को अर्थ समितिको साउन ३२ गते सोमबारको बैठकमा उपस्थित भएका साउदले ओटीसी मार्केटमा शेयर किनबेच गर्न कानूनले रोक नलगाएको भएपनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीका हिसाबले शेयर खरीद गर्नु गल्ती भएको महसूस गरेको बताएका थिए ।

छलफलपछि संसदको अर्थ समितिका सदस्यहरुले नियामक निकायका प्रमुख शेयर कारोबारमा संलग्न भएको भन्दै निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । अर्थ मन्त्रालयले साउदलाई सो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।

साउदको राजीनाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र बोर्डका सञ्चालक चन्द्र ढकाललाई समेत राजीनामा दिन दबाब बढेको छ । यद्यपी दुबैबाट मंगलबारसम्म राजीनामा घोषणा भने भैसकेको छैन ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।