‘नेपाल फूड्स’ मार्फत सेफ सन्तोष शाहका रेडिमेड नेपाली मौलिक परिकार यूरोपियन बजारमा – Mero Samachar

‘नेपाल फूड्स’ मार्फत सेफ सन्तोष शाहका रेडिमेड नेपाली मौलिक परिकार यूरोपियन बजारमा

‘नेपाल फूड्स’ मार्फत सेफ सन्तोष शाहका रेडिमेड नेपाली मौलिक परिकार यूरोपियन बजारमा class=

बीबीसी मास्टर सेफ विजेता सन्तोष साहले आफ्नो सृजनाका नेपाली रेडिमेड मौलिक परिकारहरु विश्वभर पुर्‍याउने उद्देश्यले ‘नेपाल फूड्स’ सँगको सहकार्यमा यूरोप, अमेरिका तथा अष्ट्रेलियाको बजारमा पुर्‍याउने उत्पादनहरुको औपचारिक शुरुवात गरेका छन्।

नेपाल फूड्सको प्याकेजिङमा तयारी मौलिक परिकारको सोमबार बेलायतको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ मा उदघाटन गरिएको छ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, सेफ सन्तोष शाह र नेपाल फूड्सका डाइरेक्टर विकास नेपालले नयाँ उत्पादनलाई संयुक्त रुपमा औपचारिक शुरुवात (लाउन्च) गरेका थिए।

नेपाल फूड्सले बजारमा ल्याएका नेपाली परिकारमा कालो मासको दाल, मुस्ताङको दाल, क्वाँटी, आलु बोडी ताँमा लगायतका नेपाली मौलिक परिकारहरु रहेका छन्। उपरोक्त परिकारहरु ‘हिट एण्ड ईट’ तताउने र खाने गरी तैयारी प्याकेजिङ गरिएको बताईएको छ ।

नेपाल फूड्सका डाइरेक्टर विकास नेपालले कम्पनीले नेपाली मौलिक खानाहरु यूरोपियन बजारमा यसअघि नै ल्याईसकेको र सेफ सन्तोष साहसँगको सहकार्यमा नयाँ स्वाद सहितको नेपाली खाना बजारमा ल्याउन पाउदा खुसी लागेको बताए।

कार्यक्रममा सेफ सन्तोष साहले नेपाली परिकारहरु विश्वभर फैलाउने उद्देश्यले आफूहरू कार्यरत रहेको बताए। उनले विश्वमा नेपाल चिनाउने एउटा प्रभावकारी माध्यम नेपाली खाना हुने कुरा औल्याएका थिए।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।