काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ ।
POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR
नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ । नेपालले दशरथ रंगशालामा पहिलो पटक सन् १९८४ मा खेलेको थियो । दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब चार दशकमा नेपालले दशरथ रंगशालामा ५० खेल खेल्न लागेको हो ।
नेपालले दशरथ रंगशालामा १९८४ मा पहिलो साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो । यो खेल नेपालले ४-० ले जितेको थियो । त्यस खेलमा गणेश थापाले २ तथा रुपक राज शर्मा र कृष्ण थापाले १-१ गोल गरे । दशरथ रंगशालामा नेपालले ४९ खेल खेल्दा ५७ गोल गरेको छ ।
दशरथ रंगशालामा भरत खवास र अन्जन विष्टले एक एक ह्याटि्रक गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि नेपाल आउन लागेको पाकिस्तानसँग नेपालले यसअघि १६ पटक खेलेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।