नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने सम्झना – Mero Samachar

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने सम्झना

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने सम्झना class=

पोखरा । राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणमा विभागीय टिम नेपाल पुलिसको महिला क्रिकेट टिमले डेब्यु गरेको छ ।


पहिलो प्रतियोगिता खेल्न मैदान उत्रिएको पुलिसले अहिलेसम्म आफूले खेलेका दुवै खेल जितेर आफ्नो दाबेदारी पेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भइरहेको महिला त्रिकेटमा पुलिसलाई जिताउन बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शनमात्रै गरिनन्, बुधबारको खेलमा पहिलो अर्धशतक प्रहार गरेकी छन् । दुवै खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत भइन् ।

सम्झनाले ४३ बल खेल्दै १० चौका मद्दतमा ६० रन बनाउँदा पुलिसले प्रदेश १ लाई १५९ रनको लक्ष्य दिएको थियो । कर्णालीविरुद्धको पहिलो खेलमा पनि उनले २१ बलमा २ चौकासहित २५ रन बनाएकी थिइन् ।

सम्झनाको यो विभागीय टिममा पहिलो अनुभव हो । यसअघि सुदूरपश्चिमको टिमबाट खेल्दै आएकी उनले ०७१ सालबाट बझाङबाट क्रिकेट खेल्न सुरु गरेकी हुन् । विभागीय टिमबाट मैदानमा छिर्दै गर्दा उनले आफूलाई पूरै समय टिकाएर खेल्ने र टिमलाई जिताउने नै मुख्य लक्ष्य राखेको प्रतिक्रिया दिइन् ।

‘प्रतियोगिताकै पहिलो फिफ्टी हान्न पाउँदा धेरै खुसी लागिरहेको छ,’ खेलपछि प्रतिक्रिया दिँदै सम्झनाले भनिन्, ‘ब्याटिङ गर्न जाँदा पनि पूरै खेल्छु, टिमलाई अगाडि बढाउँछु, जिताउँछु भनेरै गएको थिएँ ।’

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।