धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात – Mero Samachar

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात class=

२ माघ, काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका(१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ ।

 

पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

 

रसुवा(तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा गत बिहीबार पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका थिए । पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ । सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा सक्रिय छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।