धरानमा कोरोना संक्रमितको मृत्यु – Mero Samachar

धरानमा कोरोना संक्रमितको मृत्यु

धरानमा कोरोना संक्रमितको मृत्यु class=

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिएका छन् ।

गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए । उनको शवको व्यवस्थापन नियमअनुसार हुने अस्पतालको भनाइ छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।