दोहोरो अंकले बढ्यो शेयर बजार – Mero Samachar

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार class=

२२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३।२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १।६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ ।

बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रह्यो । बुधबार बजार दोहोरो अंकले घटेपनि कारोबार समग्र शेयर कारोबार रकम ४अर्ब भन्दा धेरै थियो ।

 

आज १६४ कम्पनीको शेयर मूल्य बढ्दा नेपाल फाइन्यान्स र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै २३ कम्पनीको शेयर मूल्य घटेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन ।

 

आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक सबैमा हरियाली छाएको थियो । आज अपी पावर कम्पनी र एनआईसी एशिया बैंकको शेयर दोस्रो बजारमा उच्च मात्रामा कारोबार भएको थियो । दुई कम्पनीको शेयर दोस्रो बजारमा क्रमश १६ र १४ करोड बढीले कारोबार भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।