देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो – Mero Samachar

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो class=

११ माघ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

 

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

 

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

 

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।