दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु – Mero Samachar

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ० । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका(४ बलामपुरमा दुर्घटना भएको हो ।

 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ ।

 

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।