दसैं मनाएर मानिसहरू फर्किन थाले काठमाडौं – Mero Samachar

दसैं मनाएर मानिसहरू फर्किन थाले काठमाडौं

दसैं मनाएर मानिसहरू फर्किन थाले काठमाडौं class=

दसैं सकिन एक दिन बाँकी छ। कोजाग्रत पूर्णिमासँगै दसैं समापन हुन्छ। दसैं सकिन लाग्दा आफ्नो घरगाउँमा दसैं मनाउन गएकाहरू काठमाडौं फर्किन थालेका छन्।

दसैं सकिएसँगै सरकारी तथा निजी कार्यालय तथा संघसंस्थाहरू खुल्ने भएपछि काठमाडौं फर्किनेहरू बढ्न थालेका हन्।

काठमाडौंको मुख्य नाका कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क लगायतका क्षेत्रमा यति बेला मानिसहरूको बाक्लो भिडभाड देख्न सकिन्छ।

यो वर्ष दसैं मनाउन उपत्यकाबाट करिब २० लाख मानिस घरगाउँ गएको उपत्यका ट्राफिक प्रहरीको आकलन छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।