दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिए – Mero Samachar

दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिए

दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिए class=

नेपालगञ्ज –  बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्  । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए ।

 

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।

 

 

घटना शङ्कास्पद भएको उल्लेख गर्दै डिएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, डीएसपी न्यौपानेले भने ।

 

 

 

घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।