थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि – Mero Samachar

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि class=

२९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

१० हजार ४९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९२२ जनामा र चार हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् ।

 

आज एकजनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।