त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट ह्याक – Mero Samachar

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट ह्याक

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट ह्याक class=

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।

संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटी, बीआईटीलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फाराम भर्ने पेज मंगलबार ह्याक भएको हो ।

उक्त पेजमा ह्याकरले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गरेको छ ।

बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय रहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।