त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान – Mero Samachar

त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान

त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान class=

२७ पुस, काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.

साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

 

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको छ ।

 

कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।