तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य – Mero Samachar

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य class=

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।