नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।