तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात – Mero Samachar

तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात

तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात class=

काठमाडौं । चालु आर्थिक वर्ष (आव) को तीन महिनामा मकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब ६४ करोड ४४ लाख ९९ हजार रुपैयाँको मकै आयात भएको थियो ।

भन्सार विभागकाअनुसार ३ महिनामा ८ करोड २१ लाख १३ हजार किलो मकै नेपाल भित्रिएको छ । गत वर्ष यसै अवधिमा मकैको आयात परिमाण १६ करोड १८ लाख किलो थियो ।

चालु आवमा ११ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ लाख ४४ हजार किलो मकैको बिउ आयात भएको छ भने ३ अर्ब २८ करोड ४९ लाख ७२ हजार रुपैयाँको ८ करोड १७ लाख किलो अन्य प्रकारका मकै नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।