‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड – Mero Samachar

‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड

‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड class=

१० माघ, काठमाडौं । दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

 

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिए । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

 

१७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । अरु दिनका कार्यक्रममा सहभागी हुन पाएको भएपनि अवार्ड समारोहका दिन भने कोरोना पोजेटिभ देखिएका उपस्थित हुन नसकिएको निर्देशक बिडारीले जानकारी दिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।