डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच? – Mero Samachar

डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच?

डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच? class=

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३५ रुपैयाँ ३७ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १७ पैसा तोकिएको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।