ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु – Mero Samachar

ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु

ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु class=

वीरगञ्ज । बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ख०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो । प्रहरीले ट्रकको ठक्करबाट बेहोस भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो । अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।