टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित – Mero Samachar

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित class=

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ ।

यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।