जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ।
बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो।
यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ पाँच पैसा तिनुपर्ने भएको छ।
भारतीय मुद्रा कमजोर भएको कारण नेपाली मुद्रा पनि कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको छ।
आर्थिक मन्दी र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारू कमजोर बनेको हो। एक डलर बराबर ८२.४० भारूमा कारोबार भइरहेको छ। अमेरिकामा रोजगारी सृजना अपेक्षा गरिएभन्दा वृद्धि भएकाले पनि डलर बलियो बनिरहेको छ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।