जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ – Mero Samachar

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ class=

१४ मंसिर, काठमाडौं । गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै घटना सार्वजनिक भएका छन् । कैलालीको धनगढीस्थित भन्सार रोडकी एक महिलाको घरभित्रै आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ज्यान गयो । गत वैशाखमा भक्तपुरमा झ्याल(ढोका थुनेर कोइला बाल्दा निसासिएर एक सुत्केरीको ज्यान गयो ।

यी त सार्वजनिक भएका घटना हुन् । दूरदराजमा यसरी निसासिएर ज्यान गएका कैयौं घटना समाचार बन्दैनन् ।

यो हानिकारक ग्यासले मान्छेमा वान्ता हुने, मुटुको धड्कन असामान्य हुने एवं मस्तिष्कमा असर गर्नेजस्ता लक्षण देखिन्छ । तर सुतेको बेलामा मान्छेले यस्तो लक्षण महसुस गर्न नसक्ने भएकोले मुटुको धड्कन रोकिएर मान्छेको ज्यान जाने गर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष अहिलेसम्म निसासिएर मृत्यु भएको कुनै घटना सरकारी निकायमा दर्ता भएको छैन । प्राधिकरणका प्रवक्ता डा। दिजन भट्टराईले अहिलेसम्म विद्युतीय उपकरण एवं आगो बाल्दा निसासिएर वा आगलागी भएर ज्यान गुमाएको भन्ने सूचना प्राधिकरणलाई नआएको जानकारी दिए ।

तर जाडोमा चिसोबाट बच्न हिटर वा कोइला बाल्दा गरिने सामान्य गल्तीले हरेक वर्ष दर्जनौंको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । हरेक वर्ष चिसो मौसममा निसासिएर ज्यान जानेको यकिन संख्या सरकारी निकायसँगै छैन । यसरी मृत्यु हुने घटनालाई पनि आगलागी शीर्षकमा राख्ने भएकाले एक वर्षमा निसासिएर कतिको ज्यान गयो भन्ने यकिन तथ्यांक नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा सार्वजनिक भएका ६ घटनामा ७ जनाको निसासिएर मृत्यु भयो भने ६ जना घाइते भए । त्यस्तै, २०७५र७६ मा रेकर्ड भएका ६ घटनामा १० जनाले निसासिएर ज्यान गुमाए भने ६ जना घाइते भए । २०७६र७७ मा भएका कुल ८ घटनामा १४ जनाको ज्यान गयो भने ५ जना घाइते भएका छन् ।

२०७३ को पुस पहिलो सातामै काठमाडौं उपत्यकामा मात्रै ११ जनाले निसासिएर ज्यान गुमाएको घटना सार्वजनिक भएको थियो । यी सबै घटनाहरुले चिसो मौसममा झ्याल ढोका थुनेर आगो ताप्ने र आगो बालेर त्यसै निदाउँदा निसासिने वा आगलागीमा पर्ने गरेको देखाएको छ ।

प्राधिकरणका प्रवक्ता डा। भट्टराई विशेषगरी तराई भेगमा निसासिएर मृत्यु हुने र आगलागीबाट ज्यान जानेको संख्या बढी हुने गरेको बताउँछन् । ‘विशेषगरी तराईतिर जाडोबाट बच्न झ्यालरढोका थुनेर आगो बाल्ने चलन देखिन्छ । जसले एकातिर निसासिने सम्भावना बढी देखाउँछ भने आगो ननिभाई निदाउने हुँदा आगलागीको जोखिम पनि उस्तै बढ्ने गरेको पाइन्छ,’ उनले भने ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।