जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार – Mero Samachar

जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार class=

१२ माघ, जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

 

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

 

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।