चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते – Mero Samachar

चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते

चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते class=

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।