चाँदीको अवैध गरगहनासहित मोरङबाट एक महिला पक्राउ – Mero Samachar

चाँदीको अवैध गरगहनासहित मोरङबाट एक महिला पक्राउ

चाँदीको अवैध गरगहनासहित मोरङबाट एक महिला पक्राउ class=

१८ माघ, मोरङ । प्रहरीले चाँदीको विभिन्‍न गरगहनासहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका( ९ घर भएकी २९ वर्षीया मन्जु सहनी रहेकी छन् ।

 

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल ९पायल ठूलो २० पिस,सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस० बराबरको अन्दाजी मुल्य रू ७,००,००० ९रू सात लाख ० बराबरको चाँदीको गहना बरामद गरेको छ ।

 

पक्राउ परेका उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।