चन्द्रागिरीबाट दुई घण्टाको प्रयासपछि चितुवा नियन्त्रणमा – Mero Samachar

चन्द्रागिरीबाट दुई घण्टाको प्रयासपछि चितुवा नियन्त्रणमा

चन्द्रागिरीबाट दुई घण्टाको प्रयासपछि चितुवा नियन्त्रणमा class=

काठमाडौंको चन्द्रागिरी क्षेत्रमा बस्तीमा पसेर आतंक मच्चाउने चितुवालाई प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका–१३ स्थित लामाचौरबाट आइतबार चितुवा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

३ दिनदेखि चितुवाले सो क्षेत्रमा कुकुर खाने र बस्ती पसेर आतंक मच्चाउने गरेको थियो । आइतबार बिहान ७ बजे स्थानीयले चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । दिनभर चितुवा, वन कार्यालयका कर्मचारी र प्रहरीको लुकामारी भएको थियो । करिब दुई घण्टाको प्रयासपछि बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त थानकोटका एकजना प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

दाउराको खापमुनि लुकेको चितुवालाई सुरक्षाकर्मी र वन कार्यालयको टोलीले जालीको सहायताले पक्राउ गरेका हुन् । सो चितुवालाई जावलाखेलस्थित चिडियाखानामा पठाइएको जिल्ला वन कार्यालय काठमाडौंले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।