गोरखा–२ मा प्रचण्डविरुद्ध २८ वर्षीय मियाँको उम्मेदवारी दर्ता – Mero Samachar

गोरखा–२ मा प्रचण्डविरुद्ध २८ वर्षीय मियाँको उम्मेदवारी दर्ता

गोरखा–२ मा प्रचण्डविरुद्ध २८ वर्षीय मियाँको उम्मेदवारी दर्ता class=

गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा १ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एमालेतर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेश सभामा मोहन भट्टराई, क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा बसन्त गुरुङ प्रत्यक्षतर्फ एमालेबाट उम्मेदवारी र दर्ता गरिसकेका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।