गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला – Mero Samachar

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला class=

गुल्मी । गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ ।

इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी खरेलले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।