गुगलको पहिलो स्मार्टवाचमा के-के छन् सुविधा, मूल्य कति पर्छ? – Mero Samachar

गुगलको पहिलो स्मार्टवाचमा के-के छन् सुविधा, मूल्य कति पर्छ?

गुगलको पहिलो स्मार्टवाचमा के-के छन् सुविधा, मूल्य कति पर्छ? class=

अमेरिकी बहुराष्ट्रिय सूचना-प्रविधि कम्पनी ‘गुगल’ ले आफ्नो पहिलो स्मार्टवाच (घडी) सार्वजनिक गरेको छ।

कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा ‘गुगल पिक्सल वाच’ सार्वजनिक गरेको हो।

गुगलको यो स्मार्टवाच गोलाकार डिजाइनको छ। यसको लम्बाइ-चौडाइ ४१ मिमी र मोटाइ १२.३ मिमी छ। यो घडीले गुगलको ‘एन्ड्रोइड वेयर ओएस- ३.५ (अपरेटिङ सिस्टम)’ मा काम गर्छ।

१.२ इन्च डिस्प्ले भएको यो घडीमा कर्निङ गोरिल्ला ग्लास- ५ प्रयोग गरिएको छ। ‘वाटर-प्रुफ’ र ‘स्क्र्याच-प्रुफ’ भएकाले यो पानीले बिग्रिँदैन र कोरिँदैन।

त्यस्तै यसको वरिपरिको फ्रेम स्टिलले बनेको छ। यसको डिजाइन लुगाको बाहुलामा नअड्किने हिसाबले गरिएको छ। घडीको फित्ताबिना यसको तौल जम्मा ३६ ग्राम छ।

कम्पनीका अनुसार यो घडीमा स्वास्थ्य र फिटनेसको ट्र्याकिङ सुविधा छ। यसका लागि कम्पनीले पिक्सल वाचमा ‘फिटबिट’ एप राखेको छ। इलेक्ट्रोनिक्स र फिटनेस कम्पनी फिटबिटलाई गत वर्ष मात्र गुगलको मातृ कम्पनी अल्फाबेटले किनेको हो।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।