गायक युगल र बर्तिकाले गरे इन्गेजमेन्ट – Mero Samachar

गायक युगल र बर्तिकाले गरे इन्गेजमेन्ट

गायक युगल र बर्तिकाले गरे इन्गेजमेन्ट class=

गायक युगल गुरुङ र गायिका बर्तिका एम राईले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले पारिवारिक जमघटबीच इन्गेजमेन्ट गरेका हुन्। युगल र बर्तिकाले साथीले बधाई दिइएको तस्बिर इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेका छन्।

युगल र बर्तिका लामो समयदेखि प्रेममा थिए। उनीहरू दुवै अहिलेका चर्चित गायक गायिका हुन्।

गायक युगलले ‘यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाएका छन्।

गायिका बर्तिकाले ‘तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएकी छन्।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।