खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा अर्याल – Mero Samachar

खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा अर्याल

खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा अर्याल class=

पाल्पा – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल निर्विरोध चयन हुनु भएको छ । उहाँ दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनु भएको हो । मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्ष देब पचभैया, सचिव, बिजय बौडेल, कोषाध्यक्ष कमल अधिकारी र सहसचिवमा दुर्गेस मल्ल सर्वसहमतिबाट चयन हुनुभएको छ ।

एक सदस्य पछि मनोनित गर्ने गरी तीन सदस्यहरुमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने सदस्य छनौट हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले खेलकुद पत्रकारितामा रुचि राख्नेहरुको संगठनबाट अन्य पत्रकारहरुलाई पनि यस क्षेत्रमा रुचि राख्नेगरी आगामी दिनमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा खेलकुदको ‘बिट’ नभएपनि समग्रतामा बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुचि जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले विद्यागत पत्रकारितामा खेलकुदले अलग्गै पहिचान गराएकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्ष्ँेत्रमा महत्व रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले पाल्पामा राष्ट्रियस्तरका खेल खेलाउने तयारी भैरहेको र यसमा खेलकुद पत्रकारिता क्ष्ँेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपालका कार्यवाहक जिल्ला अध्यक्ष नवराज ज्ञवाली लगायतले खेलकुद पत्रकारिताका विषयमा धेरै पत्रकारलाई बुझाउका लागि तालिमको आवश्यकता रहेको बताउनुभयो ।

सुस्ताउ“दै गएको खेलकुद गतिविधिलाई अगाडि बढाउन खेलकुद पत्रकारिता क्षेत्रबाट पनि सकारात्मक सुझाव दिनुपर्नेमा जोड दिएका थिए

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।