३० श्रावन २०७७
(Friday 14 August, 2020)
  •  
  •  
  •  
  •  
  •  

श्रावण २, २०७७

सप्तरी — कोरोना संक्रमणबाट सप्तरीमा एक व्यक्तिको निधन भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति ११ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो ।

मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पुर्‍याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो । उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *