कोपुन्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु – Mero Samachar

कोपुन्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कोपुन्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु class=

२१ पुस, काठमाडौं । ललितपुरको कोपुन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

 

ललितपुरको गोदाबरी नगरपालिका(९ छम्पी घर भई मंगलबजार बस्दै आएका तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।