देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।
ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।
एकाबिहानै नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको खबरले पुसे पन्ध्र खल्लो भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको अपडेट छ ।
बढ्दै गएको चिसो र झरीले गर्दा आवश्यक सावधानी नपनाइकन कोठाभित्र आगो ताप्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहन्छन् । हामी आफैं वा आफन्त पनि यो घटनाको भागिदार हुनसक्ने सम्भावना रहन्छ, त्यसैले सावधानी आवश्यक छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।