कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध – Mero Samachar

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध class=

३ माघ, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका(४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो ।

 

घटनाको विरोधमा सोमबार बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका(४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

 

मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।