केशर पुस्तकालय भवनमा कार्यरत मजदुर मृत फेला – Mero Samachar

केशर पुस्तकालय भवनमा कार्यरत मजदुर मृत फेला

केशर पुस्तकालय भवनमा कार्यरत मजदुर मृत फेला class=

काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा कार्यरत मजदुर मृत भेटिएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका संगमचोक घर भएर केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने ४५ वर्षीय गोविन्द परिया मृत भेटिएका हुन् ।

मृतक सो भवनको पहिलो तलाको कोठामा बस्दै आएका थिए । परियार आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।