काेराेना खाेप लगाउने नहुँदा त्यसै खेर जाँदै – Mero Samachar

काेराेना खाेप लगाउने नहुँदा त्यसै खेर जाँदै

काेराेना खाेप लगाउने नहुँदा त्यसै खेर जाँदै class=

काठमाण्डाै- सरकारले लक्षित समूहका सबै जनसङ्ख्यालाई चैत मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने घोषणा गरेको थियो । तर, उक्त समयावधि सकिनु दुई दिन अघिसम्म १८ वर्षमाथिका ८३ प्रतिशत अर्थात् एक करोड ६४ लाख ६१ हजार ४५६ जनाले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले उक्त लक्षित समूहका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रा खोप लगाउने घोषणा गरेको थियो ।

सरकारले सो लक्ष्य पूरा गर्न दुई दिनको अवधिमा लक्षित समूहका १७ प्रतिशत जनसङ्ख्या अर्थात् ३३ लाख ८६ हजार ७६७ जनालाई पूर्ण मात्रा खोप लगाइदिनुपर्ने हुन्छ । जबकि, हाम्रो संरचना, जनशक्ति र खोपप्रतिको आकर्षण लगायतका परिस्थिति विश्लेषण गर्दा दैनिक सरदर १७ लाख जनसङ्ख्यालाई खोप लगाउन असम्भव देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च अधिकारीहरू कोरोना विरुद्धको खोप प्राप्ति र खोप अभियान सफल पार्न कुनै कसर बाँकी नछाड्ने बताउँदै आए पनि पछिल्लो समय यो खोप लगाउन खोप केन्द्रसम्म पुग्नेको सङ्ख्या कम हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार मात्रै देशभर जम्मा १५ हजार ३३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले खोप लगाएका छन् भने २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए ।

यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ गते १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।