राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए ।
काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए ।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -‘शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनुसार म निर्वाचन लड्ने क्षेत्रका मतदातालाई शुभेच्छुकहरूको सौजन्यबाट सक्नेलाई सानो योगदान सहित नसक्नेलाई नि:शुल्क, मेरो नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार स्वरूप प्रदान गरिन छ।’
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।